पूर्वाधार योजना असफल हुने पाँच कारण, के गर्न सक्छौं त हामी ?

विकासशील मुलुकहरुले आफ्नो संशाधनबाट जम्मा गर्न सक्ने कोषभन्दा यो कोष निकै ठूलो छ । भर्खरै विश्व आर्थिक मञ्चले बोलाएको एउटा विज्ञहरुको टोलीले यो कोषको खाडल पुर्नका लागि एउटा निर्देशिका ल्याएको छ ।

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य प्राप्त गर्न विकासशील मुलुकहरुलाई थप २५ खर्ब अमेरिकी डलरबराबरको कोष आवश्यक पर्दछ । विकासशील मुलुकहरुले आफ्नो संशाधनबाट जम्मा गर्न सक्ने कोषभन्दा यो कोष निकै ठूलो छ । भर्खरै विश्व आर्थिक मञ्चले बोलाएको एउटा विज्ञहरुको टोलीले यो कोषको खाडल पुर्नका लागि एउटा निर्देशिका ल्याएको छ ।

विकासशील मुलुकहरुले कोषका लागि साधारणरुपमा सहयोगको आग्रह गर्न सक्छन् जसका लागि ती मुलुकले निजी लगानीलाई आकर्षण गर्न उचित वातावरण सृजना गर्न सक्छन् ।

ग्लोबल फ्युचर काउन्सिल अन डेभलपमेन्ट फाइनेन्सले प्रकाशन गरेको प्रतिवेदन ‘फ्रम फन्डिङ टु फाइनेन्सिङ : ट्रान्सफर्मिङ एसडिजी फाइनेन्स फर कन्ट्री सक्सेस’ शीर्षकमा पर्याप्त कोष लगानीलाई आकर्षित गर्न परियोजना किन असफल हुन्छन् भन्ने प्रमुख कारणहरुको सूची तयार गरेको छ । साथै प्रतिवेदनले सफलता सुनिश्चित गर्ने केही सिद्धान्तलाई पनि सुझावका रुपमा पेस गरेको छ ।

प्रतिवेदनमा बताएअनुसार निजी क्षेत्रलाई संलग्न गराउने सिद्धान्तलाई सरकारले व्यापकरुपमा बुझेका छन् ।

चुनौती बढ्दो

लगानीकर्तालाई आकर्षित गर्ने सन्दर्भमा प्रतिवेदनले निम्न चुनौतीलाई प्रमुख अप्ठ्याराका रुपमा दर्शाएको छ ।

१. केही विकासशील मुलुकहरुमा पुँजी आपूर्तिकर्ताहरुको आवश्यकतालाई पूरा गर्ने व्यावहारिक उपकरणहरुको कमी हुनेछ । उदाहरणका लागि यसमा लगानीकर्ताका लागि प्रपोजलको स्ट्यान्डर्डराइजेसन पनि एउटा प्राविधिक कारण हो ।

२. फाइनेन्सको परिदृश्य परिवर्तन हुनुका साथै विकास पनि हुँदैछ र यहाँ धेरै यस्ता निश्चित रेमिट्ससहितका डेभलपमेन्ट फाइनेन्स इन्स्टिच्युसन छन् जसले सधैं एउटै अप्रोच प्रयोग गर्दैनन् ।

३. विकास वित्तीय संस्थाहरुले निजी क्षेत्रलाई संलग्न गराउने आधारभूत सिद्धान्तलाई राम्ररी बुझे पनि कार्यान्वयनको कुरा आउँदा यहाँ व्यापक खाडल देखिने गरेको छ । व्यापारमैत्री वातावरण सम्बद्र्धन गर्नुपर्ने समयमा देखा पर्ने धेरै देशमा रहेका चुनौतीलाई यो प्रतिवेदनले उजागर छ । यसले लगानीकर्तामा जोखिमको वातावरण बनाउँछ ।

४. केही प्रापक सरकारमा पनि अझै कसरी वित्तीय स्रोतहरुलाई मिसाउने भन्ने कुरामा अनुभवको कमी छ । केही देशले सार्वजनिक, निजी, घरेलु, अन्तर्राष्ट्रिय वित्तीय स्रोत साथै परम्परागत फन्डिङ मोडलका सर्वपक्षीय रेन्ज सम्बन्धमा पनि सोच्न आवश्यक छ ।

५. निजी लगानीका लागि उपयुक्त हुने विकास परियोजनालाई सूचीबद्ध गर्न केही देश असक्षम छन् । राम्रो तयरी नपुगेका परियोजनामा नीजि लगानी आकर्षित गर्न ठूलो चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।

सफलताको तयारी

विकास लगानी चुनौतीलाई सम्बोधन गर्दा चार ओटा तत्त्वको आवश्यकता देखिन्छ ।

१. राष्ट्रिय दिगो विकासको लक्ष्य र योजना राम्ररी विकास गरिनु पर्छ र सरकारी नीतिको समर्थनमा हुनुपर्छ ।

२. राष्ट्रहरुसँग असल परियोजनाको पाइपलाइन हुनुपर्छ । देशहरुसँग उनीहरुको विकास लक्ष्यसँग जोडिएको राष्ट्रिय लगानी बाँडफाँट प्रक्रिया हुनुपर्छ । यसको अर्थ प्रत्येक परियोजनालाई सुहाउँदो लगानीअनुसार पाइपलाइनका परियोजनालाई वर्गीकरण गर्न निजी क्षेत्रसँग संलग्न हुनुपर्छ । उचित पुँजीलाई आकर्षित गर्न कतिपय मुलुकहरुलाई उनीहरुको परियोजनामा परिवर्तन ल्याउन पनि आवश्यक छ ।

३. देशहरुसँग उनीहरुको विकास लक्ष्यका लागि दिगो विकास आवश्यकताको रणनीतिक मूल्याङ्कनमा आधारित राष्ट्रिय रणनीतिक लगानी योजना हुनु पर्छ ।

४. कोष र लगानीका स्रोतलाई संलग्न गराउने असल तयारी तब मात्र हुन्छ जब देशहरुसँग उनीहरुको लक्ष्य पूरा गर्न परियोजनाको पाइपलाइन, रणनीतिक बाँडफाँट र यी लक्ष्यहरुमा लगानीको योजना हुन्छ ।

यी सिद्धान्तलाई पालना गरेमा र यी सही उपकरण र क्षमताबाट विकासशील मुलुकहरु सुसज्जित भएमा माथिका चुनौतीलाई जित्न सक्छन् र विश्वले एउटा सफल परिवर्तन देख्ने छ, जुन फन्डिङबाट फाइनेन्सिङ मोडलतर्फको सिफ्ट हुनेछ ।