विश्व बैङ्कले दिने २ अर्ब ६५ करोड विद्यालय क्षेत्र विकासमा लगानी हुने

विश्व बैङ्कले नेपाललाई पछिल्लो पटक करिब २ अर्ब ६५ कारोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त रकम नेपालको विद्यालय क्षेत्र विकासका लागि उपलब्ध गराउन लागेको हो ।

काठमाडौं । विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने अनुदान सहायता रकम स्वीकृतिका लागि वार्ता टोली गठन हुने भएको छ । पछिल्लो पटक सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अनुदान सहायता स्वीकृत गर्ने र त्यसका लागि वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

विश्व बैङ्कले नेपाललाई पछिल्लो पटक करिब २ अर्ब ६५ कारोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त रकम नेपालको विद्यालय क्षेत्र विकासका लागि उपलब्ध गराउन लागेको हो ।

उक्त सहायता रकम स्वीकृत गर्न सरकारले गठन गर्ने वार्ता टोलीले विकास सहायता नीति बमोजिम बैङ्कसँग वार्ता गर्ने छ ।