विज्ञप्तिमा भनिएको छ, ‘पुनःनिर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बाध्य हुने छ ।’
काठमाडौं । पुनःनिर्माणमा खटिएका प्राविधिकरुको माग सम्बोधन भइसकेकाले तत्काल पुनःनिर्माको कार्यमा जुट्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिकहरुलाई निर्देशन दिएको छ ।
प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधालगायतका मागहरु सम्बोधन भैसकेको विषयमा इन्जिनियर्स एसोसियसनका पदाधिकारीहरुलाई जानकारी गराइसकेको अवस्थामा प्राविधिकहरुले सामुहिक राजिनामा दिनुको कुनै अर्थ नरहेको भन्दै काममा फर्कन निर्देशन दिएको हो ।
सामुहिक राजीनामाले भूकम्प पीडितहरुको सम्वेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको जनाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २०७५ भदौबाट लागू हुनेगरी मन्त्रिपरिषदको बैठकबाट निर्णय भइसकेको विषयमा बिहीबार नेपाल इन्जिनियर्स एसोसियसनका पदाधिकारीहरुलाई जानकारी गराइसकेको पनि प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पुनःनिर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बाध्य हुने छ ।’
पुनःनिर्माणमा खटिएका ४ हजार प्राविधिकहरुले बिहीबार सामुहिक राजिनामा दिएपछि शुक्रबार प्राधिकरणले विज्ञप्ति जारी गरेको हो ।