कालिमाटी तरकारी बजारमा प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले एक समारोहबीच कालिमाटी शाखा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

काठमाडौं । प्रभु बैङ्कले कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा बैङ्कको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले एक समारोहबीच कालिमाटी शाखा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

बैङ्कले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आबद्ध कृषि तथा फलफूल व्यवसायीसँग प्रत्यक्ष सम्पर्क स्थापित गरी बैङ्किङ पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवम् प्रवर्ध्र्दन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आफ्नाे एक्स्टेन्सन काउन्टर खोली सञ्चालनमा ल्याएको बताएको छ ।

आजदेखि सञ्चालनमा आएको बैङ्कको कालिमाटी एक्स्टेन्सन काउन्टरबाट कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आबद्ध कृषि तथा फलफूल व्यवसायीहरु प्रभु बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी प्रत्यक्ष लाभान्वित हुनेछन् भन्ने बैङ्कले विश्वास लिएको छ ।