मुक्तिनाथ विकास बैङ्कको ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमा बचत योजना’

यस योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँ न्यूनतम मौन्दातमा ५ लाख रुपैयाँसम्मको क्यान्सर रोग उपचार बिमा वा १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमाको सुविधा प्राप्त गर्नेछन् । साथै, २० हजार न्यूनतम मौन्दातमा ५ लाखसम्मको क्यान्सर रोग उपचार बिमा १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा (दुवै सुविधा) प्राप्त गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैङ्कले वैशाख १५ गतेबाट लागू हुने गरी ‘मुक्तिनाथ जीवन वरदान योजना’अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत मुक्तिनाथ जीवन वरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाता छन् ।

यस योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँ न्यूनतम मौन्दातमा ५ लाख रुपैयाँसम्मको क्यान्सर रोग उपचार बिमा वा १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमाको सुविधा प्राप्त गर्नेछन् । साथै, २० हजार न्यूनतम मौन्दातमा ५ लाखसम्मको क्यान्सर रोग उपचार बिमा १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा (दुवै सुविधा) प्राप्त गर्न सक्नेछन् ।

यस बचत योजनाअन्तर्गत माथि उल्लिखित बिमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क आस्बा सेवा, निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैङ्किङ सुविधा तथा इन्टरनेट बैङ्किङ सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड र देशैभरि भिसा नेटवर्कअन्तर्गत रहेका करिब तीन हजार एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ ओटै शाखाबाट लिन सकिने छ ।

यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरी ५ सय रुपैयाँबराबरको किराना किनमेलको भौचर सुविधा पनि पाउने छन् । हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाअन्तर्गतका शाखा कार्यालयमा मात्र उपलब्ध हुनेछ ।