माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको २०७४ माघ २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । बैङ्कले स्थानीय कमल घर्ती मगरलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
ग्लोबल आइएमई बैङ्कले २०७४ माघ २९ गते सोमबारदेखि रोल्पा जिल्लाको माडी गाउँपालिका २, घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको २०७४ माघ २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । बैङ्कले स्थानीय कमल घर्ती मगरलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैङ्किङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैङ्कले ती स्थानमा शाखारहित बैङ्किङ् सेवा सुरु गरेको बताएको छ ।
ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ् सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ ओटा शाखा, १२७ एटीएम, ४ ओटा एक्सटेन्सन काउण्टर १४ ओटा राजश्व सङ्कलन काउन्टर ६९ शाखारहित बैङ्किङ सेवामाफर्त आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैङ्कले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैङ्किङ सेवा, मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवाका साथै अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा दिने गरेको छ ।