मातातीर्थ औंशीमा मेगा बैङ्कको विशेष अफर

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैङ्किङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकलाई बैङ्कले १० प्रतिशतसम्म छुट वा बढीमा एक हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ ।

सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैङ्कले आफ्नो केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकलाई विशेष अफर ल्याएको हो । फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैङ्किङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकलाई बैङ्कले १० प्रतिशतसम्म छुट वा बढीमा एक हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

यो अफर आइतबारदेखि मातातीर्थ औंशीका दिन वैशाख २१ गते शनिबारसम्म रहनेछ । साताव्यापी अफरबाट लाभ लिन बैङ्कले ग्राहकवर्गलाई अनुरोध गरेको छ ।