सिटिजन्स बैंकको सहायक सीईओमा समीर दाहाल

काठमाडौ । सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समीरप्रसाद दाहाल नियुक्त भएका छन् ।

उनी बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा कार्य गर्दै आएका थिए ।

पेशाले चाटर्ड एकाउन्टेन्छ दाहालले १६ वर्षअघि बैंकिङ्ग करियर थालेका हुन ।