काँग्रेस नेता बहादुरसिंह लामाले ठेक्का लिएर काम गरेनन्, नवलपुर मलंगवा सडकको ठेक्का  तोडिँदै

लामाको स्वामित्वमा रहेको हिमदुङ्गले हुलाकी राजमार्ग अन्तर्गतको सर्लाहीको नवलपुरदेखि मलंगवासम्मको ३० किलोमिटर लामो सडकको स्तरोन्नतिका लागि २०७३ भदौ ३१ मा ठेक्का सम्झौता भएको थियो ।

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व साँसद बहादुरसिंह लामाले पनि ठेक्का लिन तर सम्झौता अनुसार काम नगरेको पाइएको छ । उनको स्वामित्वमा रहेको हिमदुङ्ग एन्ड थोकर कम्पनीले काम नगरेपछि हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ ।

लामाको स्वामित्वमा रहेको हिमदुङ्गले हुलाकी राजमार्ग अन्तर्गतको सर्लाहीको नवलपुरदेखि मलंगवासम्मको ३० किलोमिटर लामो सडकको स्तरोन्नतिका लागि २०७३ भदौ ३१ मा ठेक्का सम्झौता भएको थियो ।

तोकिएको समयमा पनि काम सम्पन्न नगरेपछि पटकपटक ठेक्काको म्याद थप गर्दा पनि उनको कम्पनीले काम सुरु नगरेपछि ठेक्का अन्त्यको प्रक्रिया अघि बढाएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । सम्झौता अनुसार गत कात्तिक ३० गतेसम्म म्याद भएपनि सम्झौताको म्याद सकिएको ६ महिना बितिसक्दा पनि सडक निर्माणको काम सुरु गर्न तदारुकता नदेखाएपछि सम्झौता अन्त्य गर्न लागेको निर्देशनालयले स्पष्ट पारेको छ ।