बैङ्कास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैङ्क लिमिटेड काठमाडौँबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ । उक्त बैङ्कास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सो बैङ्कास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकले सनराइज बैङकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफ इन्स्योरेन्सको जीवन बिमा गराउन तथा बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आईएमई लाइफ इन्स्योरेन्सले हाल ७४ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० ओटा योजनाहरू बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजीवनलगायतका बिमा योजना ल्याएको छ ।