संचय कोषले संचयकर्तासंग लिने कर्जाको ब्याजदर घटाउने

‘घटाउने प्रतिशत निश्चित भएको छैन’ उनले भने, ‘आउँदो साउनदेखि संचयकर्ताबाट कोषले लिने ब्याजदर घट्ने छ ।’ उनले यस विषयमा छलफल भइरहेको जानकारी दिए । कोषले ८.६ प्रतिशत ब्याजमा विभिन्न बैंकहरुमा मुद्धति निक्षेप राखेको छ ।

काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई ऋण दिँदा लिने ब्याजदर घटाउने भएको छ । आउँदो साउनदेखि संचयकर्ताबाट कोषले लिने ब्याजदरमा पुनरावलोकनको तयारी भएको कोषका प्रशासक तुलसी गौतमले बताए । बैङ्कको मुद्धति निक्षेपकोभन्दा पनि बढी ब्याज लिएको आरोप संचयकर्ताबाट आउन थालेपछि यसलाई घटाउने तयारी गरिएको गौतमले स्पष्ट पारे ।

‘घटाउने प्रतिशत निश्चित भएको छैन’ उनले भने, ‘आउँदो साउनदेखि संचयकर्ताबाट कोषले लिने ब्याजदर घट्ने छ ।’ उनले यस विषयमा छलफल भइरहेको जानकारी दिए । कोषले ८.६ प्रतिशत ब्याजमा विभिन्न बैंकहरुमा मुद्धति निक्षेप राखेको छ ।

कोषले संचयकर्ताबाट ९.५ देखि १०.२५ प्रतिशतसम्म ब्याज असुल्दै आएको छ । ८.२५ प्रतिशत ब्याजमा कोषले बैङ्कहरुमा मुद्धति निक्षेप राख्दै आएको छ । कोषले गत साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । सोही ब्याजदरलाई पुनरावलोकन गरेर घटाउन लागेको हो ।

संचयकर्तालाई दिने सापटीमा ९.५ प्रतिशत ब्याजदर लिँदै आएको छ । कोषले घर, शैक्षिक र घर मर्मत सापटीको ब्याजदर ९.७५ सरल चक्र ब्याजदर १०.२५ प्रतिशत छ । यस्तै ४० लाख रुपैयाँभन्दा बढीको घर सापटीको ब्याजदर भने १०.२५ प्रतिशत कायम गरेको कोषले जानकारी दिएको छ ।

आगामी वर्ष कोषले दिने र लिने ब्याजदरको अन्तर १ प्रतिशतमा झार्ने योजना छ ।