डावर इण्डियाले उत्पादन गरेको औषधी गुणस्तरहीन, बिक्रीवितरणमा प्रतिवन्ध

औषधी व्यवस्था विभागले नमुन परीक्षण गर्दा डावरले उत्पादन गरेको अभिपत्ताकर चुर्ण औषधी गुणस्तरहीन भेटिएको हो ।

काठमाडौं । डावर इण्डिया लिमिटेडले उत्पादन गरेको औषधी गुणस्तरहीन भेटिएको छ । औषधी व्यवस्था विभागले नमुन परीक्षण गर्दा डावरले उत्पादन गरेको अभिपत्ताकर चुर्ण औषधी गुणस्तरहीन भेटिएको हो ।

विभाले सो ब्राण्डको औषधी आयात र बिक्रीवितरणमा प्रविन्ध लगाएको छ । औषधी बिक्रीवितरण र शिफारिश नगर्ने विभागले औषधी व्यवसायी र चिकित्सकलाई समेत अनुरोध गरेको छ । औषधी फिर्ता लैजान विभागले डावरलाई निर्देशन दिएको छ ।