त्यस्तै, नेपालमा उत्पादित विद्युत बंगलादेश पु¥याउन भारतीय भूमी प्रयोग गर्नुपर्ने विदितै छ । भारतीय सरकारको हालको नीति अनुसार नेपालमा उत्पादित विद्युत बंगलादेश पु¥याउन भारतमा भइरहेका प्रसारण लाइन प्रयोग गर्ने वा डेडिकेटेड ट्रान्समिसन लाइन बनाउन सकिने प्रवधान रहेकोले यस सम्बन्धमा सरकारीस्तरमा समझदारी भएमा सम्बन्धित निजी क्षेत्रले नै उक्त प्रसारण लाइन समेतनिर्माण गर्न सक्ने इप्पानको ठहर छ ।
काठमाडौं । नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुलेको छ । बंगलादेशका निजी बिद्युत ब्यवसायीको निमन्त्रणामा बैशाख १५ देखि १८ गतेसम्म स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को १४ सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणका बेला विद्युत् व्यापार सम्झौता भएको हो ।
भ्रमणमा बंगलादेशको हालको विद्युत उत्पादनको अवस्था, माग प्रक्षेपण, प्रसारण लाइनको अवस्था, लगानीका अवसर र चुनौतीहरुबारे छलफल भएको थियो । त्यस्तै,नेपाल र बंगलादेशबीच सन् २०१८ अगष्टमा सम्पन्न सम्बन्धि समझदारीले दुवै राष्ट्रहरु संयुक्त रुपमा विद्युत विकास तथा विद्युत ब्यापारगर्न प्रतिबद्ध रहेको र बंगलादेशको सरकारी पक्ष तथा निजी क्षेत्र दुवै यो अवसरको सदुपयोग गर्न गम्भिर रहेको देखिएको छ ।
भारतले छिमेकी राष्ट्रहरुबीच विद्युत आदान–प्रदानको लागि अङ्गिकार गरेको उदार नीतिहरुले गर्दा नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने वातावरणबनेको इप्पानको निष्कर्ष छ । बंगलादेशले आगामी १० वर्षमा नेपालबाट ९,००० मेगावाट विद्युत आयात गर्नेलक्ष्यअनुसार हालैको लगानी सम्मेलनमा नेपालको जल विद्युत क्षेत्रमा लगानी गर्न उत्सुकता देखिएको इप्पानले जनाएको छ ।
कैयौं मेगावाटका जलविद्युत आयोजनाहरु नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरीदबिक्री सम्झौताको लागि पर्खिरहेको अवस्था र नेपाल विद्युत प्राधिकरणले विभिन्नकारण देखाई वर्षौं सम्म विद्युत खरीद दरमा परिवर्तन गर्न नसकेको अवस्थाले गर्दा थुपै्र आयोजनाहरु बन्ने÷नबन्ने अन्योलमा रहेका छन् भने धेरै नै आयोजनाहरु बनेरपनि प्रतिफल उठाउन नसक्ने अवस्थामा पुगेकोले बंगलादेशको बजार खुल्दा यस्तासमस्याको समाधानका लागि बाटो खुलेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइले बताए ।
त्यस्तै, नेपालमा उत्पादित विद्युत बंगलादेश पु¥याउन भारतीय भूमी प्रयोग गर्नुपर्ने विदितै छ । भारतीय सरकारको हालको नीति अनुसार नेपालमा उत्पादित विद्युत बंगलादेश पु¥याउन भारतमा भइरहेका प्रसारण लाइन प्रयोग गर्ने वा डेडिकेटेड ट्रान्समिसन लाइन बनाउन सकिने प्रवधान रहेकोले यस सम्बन्धमा सरकारीस्तरमा समझदारी भएमा सम्बन्धित निजी क्षेत्रले नै उक्त प्रसारण लाइन समेतनिर्माण गर्न सक्ने इप्पानको ठहर छ ।
नेपालमा उत्पादित विद्युत बंगलादेशमा निर्यात गर्ने बिस्तृत खाका तयार भएमा प्रसारण लाइनको चुनौती समेत समाधन गर्न सकिने छ । इप्पानद्धारा प्रकाशित विज्ञप्तीमा भनिएको छ ।