तयार हुँदै रातो मछिन्द्रनाथको रथ, अझै एक साता लाग्ने

जात्राको रथ २५ गतेबाट तान्न सुरु हुनेछ । पहिलो दिन रातो मछिन्द्रनाथको रथलाई गाMबहाल पुर्‍याइनेछ ।

ललितपुरमा २५ गतेबाट सुरु हुने रातो मछिन्द्रनाथको जात्राको रथको तयारी अन्तिम चरणमा छ । २४ गते रथ तयार पारेर उक्त रथमा रातो मछिन्द्रनाथको मूर्ती राखेर पूजा गरेपछि औपचारिक रुपमा रातो मछिन्द्रनाथको जात्रा सुरु हुने गर्दछ । जात्राको रथ २५ गतेबाट तान्न सुरु हुनेछ । पहिलो दिन रातो मछिन्द्रनाथको रथलाई गाMबहाल पुर्‍याइनेछ ।

नेपालकै सबैभन्दा लामो रथयात्राका लागि ललितपुरका बाराही समुदाय हाल रथमा काठको काम गर्न व्यस्त छन् । शनिबार रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि पुल्चोकमा रथ निर्माण कार्य सुरु भएको हो ।

शुभ साइतमा भोटो देखाई रातो मछिन्द्रनाथको मूर्तिलाई बुङमतीमा फिर्ता लगेसँगै रातो मछिन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।