यो आर्थिक वर्षमा २८७ मेगावाट बिजुली थप हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्युत उत्पादनमा थप हुन लागेको जानकारी गरएकी हुन् । ४ हजार २०६ किलोमिटर लामो प्रसारणलाइन पुगेको उनले जानकारी गराइन ।

काठमाडौं । चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा २८७ मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक र निजी क्षेत्रका आयोजना सम्पन्न भई आउँदो असारसम्म सो परिमाणमा विद्युत थप हुने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्युत उत्पादनमा थप हुन लागेको जानकारी गरएकी हुन् । ४ हजार २०६ किलोमिटर लामो प्रसारणलाइन पुगेको उनले जानकारी गराइन ।

यस्तै एक वर्षको अवधिमा १ हजार ६०० किलोमिटर सडक कालोपत्रे भएको छ । यो वर्षभित्र थप ३०० पुलको निर्माण सम्पन्न हुने उनले जानकारी दिइन । चार लेनको नारायणगढ बुटवल सडक निर्माण सुरु भएको छ ।