आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत रसुवागढी र सान्जेन सहित दुई दर्जन आयोजना सम्पन्न हुने छन् । चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा २८७ मेगावाट बिजुली थप हुने भएको छ ।
काठमाडौं । आगामी आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक तथा निजी लगानीमा निर्माधिन आयोजना सम्पन्न भई विद्युत उत्पादन १ हजार थप हुने भएको हो ।
आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत रसुवागढी र सान्जेन सहित दुई दर्जन आयोजना सम्पन्न हुने छन् । चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा २८७ मेगावाट बिजुली थप हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्युत उत्पादनमा थप हुन लागेको जानकारी गरएकी हुन् ।
५ वर्षमा विद्युत उत्पादन खपत बढाएर वार्षिक ७०० युनिट पुर्याइने उनले जानकारी गराइन । घरघरमा बिजुली सुविधा पुर्याइने योजना सरकारको छ ।