आगामी बर्ष अपर तामाकोशी र मेलम्ची निर्माण सम्पन्न गरिने

आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले राष्ट्रिय गौरवका दुवै आयोजना आगामी बर्ष पूरा गर्ने बताएकी हुन् उनले भेरी बबइ सिँचाइ आयोजना २ बर्षभित्र सम्पन्न गर्ने बताइन््

काठमाडौं । आगामी बर्षभित्र ४५६ मेगावाटको अपर तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले राष्ट्रिय गौरवका दुवै आयोजना आगामी बर्ष पूरा गर्ने बताएकी हुन् उनले भेरी बबइ सिँचाइ आयोजना २ बर्षभित्र सम्पन्न गर्ने बताइन््

रानीजमरा कुलरियाको पहिलो चरणको सिँचाइ सुविद्या यसै बर्ष पुरा गर्ने बताइन् । चारबर्षमा हुलाकी, मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताइन् ।

कोरला नाकालाइ १२ महिना सञ्चालन गर्नेगरी विकास गरिने उनले बताइन् । कोशी करिडोर आगामी बर्ष पुरा गरिने लक्ष्य लिएको उनले बताइन्