वाणिज्य बैंङ्कलाई १ अर्ब ४ करोड विकास बैंङ्कमा १९ करोड ५८ लाख र वित्त कम्पनीमा ६ करोड ५३ लाख रुपैयाँ मुद्धति निक्षेपमा राख्ने केन्द्रीय बैंङ्कले जनाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले बैङ्क तथा वित्तीय संस्थालाई पैसा दिने भएको छ । केन्द्रीय बैंङ्कले आफुसंग भएको १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बैंङ्क तथा वित्तीय संस्थामा मुद्धति निक्षेप राख्न लागेको हो ।
एक वर्षका लागि मुद्धति निक्षेपमा रकम राख्न लागेको केन्द्रीय बैङ्कले जनाएको छ । राष्ट्र बैंकले वाणिज्य, विकास बैंङ्क र वित्त कम्पनीसंग प्रस्ताव मागेको छ ।
वाणिज्य बैंङ्कलाई १ अर्ब ४ करोड विकास बैंङ्कमा १९ करोड ५८ लाख र वित्त कम्पनीमा ६ करोड ५३ लाख रुपैयाँ मुद्धति निक्षेपमा राख्ने केन्द्रीय बैंङ्कले जनाएको छ ।