सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो वर्ष २८७ मेगावाट बिजुली थप हुने जानकारी गराएको छ । सरकारले लिएको यो लक्ष्य पुरा नहुने देखिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य भन्दा कम बिजुली थप हुने भएको छ । सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक र निजी लगानीबाट गरी २८७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा २३२ मेगावाटसम्म थपिने संभावना देखिएको हो । लक्ष्यमा रहेका केही आयोजना नआउने संभावना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो वर्ष २८७ मेगावाट बिजुली थप हुने जानकारी गराएको छ । सरकारले लिएको यो लक्ष्य पुरा नहुने देखिएको हो ।
आर्थिक वर्ष सुरु भएयता निजी लगानीमा निर्माण भएका ५ र विद्यत प्राधिकरणको १ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भएको छ । यस्तै नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए आयोजनाको परीक्षण उत्पादन सम्पन्न भएको छ । बैशाखभित्रै ३० मेगावाट बिजुली उत्पादन हुने छ ।
असारदेखि ६० मेगावाट बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । यस्तै विद्युत प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो असारसम्म बिजुली उत्पादन हुने संभावना रहेको विद्युत प्राधिकरणले जनाएको छ ।
साउनयता हालसम्म ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री एका अतिरित्त निजी क्षेत्रबाट ८.८ मेगावाटको रुदी ए, २२ मेगावाटको वाग्मतीखोला, ७.८ मेगावाटको सुपरमाई, ९ किलोवाटको सुवुवाखोला र ९६ किलोवाटको सोलारबाट राष्ट्रिय प्रणालीमा बिजुली थप भएको छ । यी समेत गरी जलविद्युतको जडित क्षमता १२ मेगावाट नजिक पुगेको छ ।
प्रगतिअनुसार पछिल्लो समयमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १६ ओटा आयोजना सम्पन्न भई प्रणालीमा २३२ मेगावाट बिजुली थप हुने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताएका छन् । उनका अनुसार निजी क्षेत्रबाट १४ आयोजना सम्पन्न भई १५८ र प्राधिकरणबाट २ आयोजना पूरा भई ७४ मेगावाट बिजुली थप हुने छ ।
लक्ष्यमा राखिएकोमध्ये निजी क्षेत्रबाट ८ र प्राधिकरणको १ ओटा आयोजना सम्पन्न हुन बाँकी छ । असारसम्म विद्युत उत्पादनको प्रक्षेपण गरिएका आयोजनाहरुमा २३.५ मेगावाटको माथिल्लो सोलु, २५ मेगावाटको कावेली बी १, २१.६ मेगावाटको तल्लो हेवा, २० मेगावाटको तल्लोमोदी, ९.९ मेगावाटको इवाखोला, ८ मेगावाटको माथिल्लो नौगाड, ७ मेगावाटको माथिल्लो मार्दी, ३.३ मेगावाटको कपडीगाडा र १० किलोवाटको मिदिमखोला आयोजना रहेका छन ।