एनएमबी बैंङ्कको नाफा १६५  करोड, ९ महिनामा ९७ करोड लाभांश बाँड्न  सक्ने

समीक्षा अवधिमा एनएमबीले ३ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

काठमाडौं । एनएमबी बैंङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा नाफा बढाएको छ । एनएमबीले गत चैतसम्म १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

सो नाफाबाट एनएमबीले ९७ करोड २१ लाख रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने जनाएको छ । समीक्षा अवधिमा एनएमबीले ३ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैङ्कको निष्क्रय कर्जा ०.७९ प्रतिशत रहेको छ । बैङ्कको निक्षेप लागत ७.२५, आधार दर ९.९५ र सीसीडी रेसियो ७७.८३ र स्प्रेडदर ४.३३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा एनएमबीले ९३ अर्ब ९६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।