दोलखा उद्योग वाणिज्य सघंको नेतृत्वका लागि दुई प्यानल घोषणा

संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठको प्यानल चुनावी मैदानमा जाने निश्चीत भएको छ । यहि २८ गते हुने निर्वाचनका लागि उनीहरुले सोमबार र मंगलबार छुटछुटै पत्रकारसम्मेलन गरी आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

काठमाडौं । दोलखा उद्योग वाणिज्य सघंको नेतृत्वको लागि उद्योगी व्यवसायीहरु दुई धारमा बाँडिएका छन् । आगामी ३ वर्षको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि प्यानल नै घोषणा गरी प्रचारलाई तीव्रता दिएका छन् ।

संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठको प्यानल चुनावी मैदानमा जाने निश्चीत भएको छ । यहि २८ गते हुने निर्वाचनका लागि उनीहरुले सोमबार र मंगलबार छुटछुटै पत्रकारसम्मेलन गरी आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

सोमबार पत्रकारसम्मेलन गरी सुन्दर कार्कीले आगामी नेतृत्वका लागि आफ्नो समूहलाई भोट हाल्न आग्रह गरेका छन् । उनको समूहबाट गंगाबहादुर बुढाथोकी, दिनेश बस्नेत, दिनेश पाठक, बलराम थापा, बिकास श्रेष्ठ, भिमबहादुर श्रेष्ठ, रामकुमार खड्का, सरुना श्रेष्ठ, सुरेश उप्रेती, सुन्दर श्रेष्ठ, श्यामकृष्ण कायस्थ र हिमाल न्यौपाने रहेका छन् । यस्तै एशोसिएट सदस्यका लागि रामदास श्रेष्ठ , आरक्षण सदस्यतर्फ नविना लामा र अनिल रिजाल रहेका छन् ।

यस्तै मंगलबार बिहान पत्रकार सम्मेलन गरी ईन्द्रबहादुर श्रेष्ठको समूह पनि सार्वजनिक गरिएको छ । उनको समूहमा कुलप्रसाद पौडेल, गणेश शाहीठकुरी, दिनेश थापा, देवकृष्ण थापा, निलाकुमार श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, विमल श्रेष्ठ, विवेक केसी, सनत थापा, सुरेन्द्र उप्रेती, हेमराज रिमाल, अनिता श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र नवराज रिजाल रहेका छन् । एक जना सदस्यको भने नाम सार्वजनिक गरिएको छैन् ।

दुवै पक्षले समूहको घोषणा गरेसँगै प्रचारलाई आक्रमक बनाएका छन् । यो पटक जिरीका उद्योगीहरुले भने दोलखा उद्योग बाणिज्य सघंको लागि भोट हाल्न पाउने छैनन् । जिरी नगरपालिका घोषणा भएसँगै जिरीमै जिरी उद्योग वाणिज्य सघंको स्थापना गरेका छन् ।

दोलखा उद्योग वाणिज्य सघंको निर्वाचनमा निर्णायक भोटको रुपमा जिरीलाई लिने गरिएको थियो । तर जिरी सहभागि नहुने भएपछि यो पटक कस्ले चुनाव जित्छ भन्ने अडकलबाजी गर्न सकेका छैनन् ।

नेतृत्वका लागि निर्वाचनमा होमिएका दुबै समूहका उम्मेद्धवारहरु लामो समयदेखी दोलखा उद्योग वाणिज्य सघंको सदस्यमा रहेर काम गरिसकेका छन् ।