मेगा बैङ्कको नाफा १३१ प्रतिशत बढेर १२१ करोड पुग्यो

गत आर्थिक आर्थिक बर्ष २०७४/०७५ को चैतसम्म ५२ करोड ४९ लाख रुपैयाँ नाफा गरेको बैंङ्कले जनाएको छ । २०७५ चैतको तुलनामा निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । जुन ७४.८८ प्रतिशतको वृद्धि हो । त्यसैगरी कर्जा तथा सापटी ६९.५४ प्रतिशत बढेर ७० अर्ब रुपैयाँ कायम भएको छ ।

काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा नाफा १३१ प्रतिशत बढेको छ । बैंङ्कले गत चैतसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ ।

गत आर्थिक आर्थिक बर्ष २०७४/०७५ को चैतसम्म ५२ करोड ४९ लाख रुपैयाँ नाफा गरेको बैंङ्कले जनाएको छ । २०७५ चैतको तुलनामा निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । जुन ७४.८८ प्रतिशतको वृद्धि हो । त्यसैगरी कर्जा तथा सापटी ६९.५४ प्रतिशत बढेर ७० अर्ब रुपैयाँ कायम भएको छ ।

मेगाले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २ हजार ४०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।