संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धी कार्यक्रम र बर्दिवास गरपालिकाको संयुक्त बजेट झन्डै ३ करोडको लागतमा घर निमार्ण हुन लागेको हो ।
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत नगर क्षेत्रका भूमिहहिन सुकुम्बासी, मुसहर र र पीछडिएका समुदायका गरी ३६ ओटा घर निमार्ण कार्य सुरु गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धी कार्यक्रम र बर्दिवास गरपालिकाको संयुक्त बजेट झन्डै ३ करोडको लागतमा घर निमार्ण हुन लागेको हो ।
नगरपालिकाले नगरको वडा नम्बर ६, ८ र १२ नम्बरका नगर जनता आवास अन्तर्गत घर निमार्ण गर्न लागेको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीले जानकारी दिए ।
नगरप्रमुख कार्कीका अनुसार वडा कार्यालय मार्फत सिफारिस भएको सुकुम्बासी, भूमिहिन र मुसहर बस्तीका स्थानीयहरुका लागि घर निमार्ण हुने छन् ।
निमार्ण हुने घरहरुको नमुना तयार भैसकेको र शहरी विकास मन्त्रालयबाट सिफारीस भएको भूकम्प प्रतिरोधी घरहरु निमार्ण हुने बर्दिवास नगरपालिकाका प्रमुख ईन्जिनियर टेकबहादुर कटुवालले बताए ।
निमार्ण हुने घरहरु ४ कोठाको, शौचालय, खानेपानीको सुबिधासहितको हुने पनि उनले जानकारी दिए ।
घर निर्माणका लागि १ करोड ४० लाख संघीय मामिला (तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत) र बाँकी रकम नगरपालिकाले थप गरी घर निमार्ण हुने छ ।
एकतल्ले भूकम्प प्रतिरोधी घर निमार्ण गर्न एक प्रतिघर ७ लाख ५० हजार रुपैयाँ लाग्ने र असार सम्ममा १० घर निर्माण भइसक्ने लक्ष्य रहेको प्रमुख ईन्जिनिर कटुवालले बताए ।
गरिब बिपिन्न जनताको घरमा खर, परालले छाएको घरलाई स्तरोन्न्ती गर्ने गरी कार्यक्रम ल्याएकोसमेत उनले बताए । त्यसका लागि नगरपालिकाले एक घर पचास हजार बजेट छुट्याएको उनले जानकारी दिए ।