बौद्धमा शंख बजाएर सरकारको विरोध, स्थानीय र प्रहरीबीच झडप

बिरोध जनाउने क्रममा स्थानीयबासी र प्रहरीबीच केही समय झडपसमेत भएको थियो । झडपका क्रममा केही स्थानीय बासी घाईतेसमेत भएका छन् । स्थानीयबासीको आन्दोलनमा सोही स्थानका पसलेहरुले पनि साथ दिएका थिए ।

काठमाडौं । ४ वर्षदेखि सरकारले बाटो नबाएर बौध बासीलाई दुःख दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । बुधबारदेखि आन्दोलन थालेका स्थानीयबासीले विहीबार बिहान शंख बजाएर सरकारको बिरोध जनाएका हुन् ।

बिरोध जनाउने क्रममा स्थानीयबासी र प्रहरीबीच केही समय झडपसमेत भएको थियो । झडपका क्रममा केही स्थानीय बासी घाईतेसमेत भएका छन् । स्थानीयबासीको आन्दोलनमा सोही स्थानका पसलेहरुले पनि साथ दिएका थिए ।

पसलेहरुले बिहानै पसल बन्द गरेर सो क्षेत्रको सडक अवरोध गरेका थिए । अवरोध हटाउने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएको हो ।

सडकमा धूलो उड्यो भन्दै स्थानीयले आन्दोलन गरेको र सो आन्दोलन रोक्ने क्रममा झडप भएको महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्रिले जानकारी दिए ।