बैङ्कले सुनचाँदी दिएर निक्षेप संकलन गर्न नपाउने

केन्द्रीय बैङ्कले बिहीबार निर्देशन जारी गरी निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन उपहार दिन नपाइने व्यवस्था गरेको हो ।

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले निक्षेप संकलनमा उपहार दिन नपाउने व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले बिहीबार निर्देशन जारी गरी निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन उपहार दिन नपाइने व्यवस्था गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुन चाँदीलगायत कुनै पनि उपहार राख्न नपाइने भनेको छ ।