सिभिल बैङ्कको साधारणसभा सम्पन्न, १४.२५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिभिल बैङ्कको १४.२५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैङ्कले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार ३१२ र गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट प्रतिसेयर ४.०५ प्रतिशतका दरले हुन आउने...

काठमाडौं । सिभिल बैङ्कको १४.२५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैङ्कले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार ३१२ र गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट प्रतिसेयर ४.०५ प्रतिशतका दरले हुन आउने २९ करोड ४० लाख २ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले स्वीकृत गरेको सिभिलले जनाएको छ ।

साधारण सभाले बैङ्ककोे संस्थापक सेयरधनीहरुका तर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादुर मल्ललाई आगामी चार वर्षका लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

हालसम्म बैङ्कका ७३ शाखा छन् । थप ३३ शाखा विस्तारका क्रममा रहेको कुरा पनि बैङ्कले जनाएको छ ।