बैङ्कले विश्व बैङ्कअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) ग्रुपबाट ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिइसकेको छ । युरोपको अष्ट्रियाबाट पनि एक अर्ब ७० करोड रुपैयाँ ऋण ल्याउने तयारीमा एनएमबी जुटेको छ ।
काठमाडौं । विदेशबाट ऋण ल्याउने पहिलो बनेको एनएमबी बैङ्कले एक वर्षको अवधिमा झण्डै ५ अर्ब रुपैयाँ नेपाल भित्र्याएको छ ।
बैङ्कले विश्व बैङ्कअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) ग्रुपबाट ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिइसकेको छ । युरोपको अष्ट्रियाबाट पनि एक अर्ब ७० करोड रुपैयाँ ऋण ल्याउने तयारीमा एनएमबी जुटेको छ ।
बैङ्कले आईएफसीबाट एक करोड ५० लाख अमेरिकी डलर र सीडीसीबाट एक करोड ५० लाख अमेरिकी डलर नेपाल ल्याइसकेको छ । निकट भविष्यमै बैङ्कले अष्ट्रियाबाट पनि एक करोड ५० लाख अमेरिकी डलर नेपाल ल्याउने तयारीमा जुटेको छ ।
बैङ्कका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । ‘अष्ट्रियाले पनि अनुमति दिइसकेको छ,’ बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले भने, ‘केही समयमै उक्त ऋण लिएर आउँछौं ।’
त्यसैगरी बैङ्कले आईएफसी र सीडीसीसँग लिएको ऋणकोे किस्ता पनि भुक्तान गर्न सुरु गरेको छ । बैङ्कले लिएको ऋणकोे पहिलो किस्ता भुक्तान गरेको जनाएको छ । बैङ्कले प्रत्येक ६÷६ महिनामा किस्ता बापतको रकम भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
एनएमबीले विदेशबाट ऋण ल्याएकै कारण बैङ्कमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) को कुनै अभाव नभएको जनाएको छ । अन्य बैङ्कहरु लगानीयोग्य रकमको अभाव भएर छट्पटिएका बेला एनएमबीले विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गरेको हो ।
आन्तरिक निक्षेपले नधानेर पछिल्ला ३ वर्षमा लगातार लगानीयोग्य पुँजीको समस्या भएपछि नेपाल राष्ट्र बैङ्कले गत वर्ष प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेपछि एनएमबीले धमाधम पैसा ल्याएको हो ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट बैङ्कहरुलाई विदेशबाट ऋण ल्याउने बाटो खोलेको छ । बैङ्कले ल्याएको उक्त ऋण पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु कर्जा, पर्यटन तथा जलविद्युत् क्षेत्रमा लगानी गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
नेपाल राष्ट्र बैङ्कले विदेशबाट कर्जा ल्याउन खुला गरेपछि एनएमबी बैङ्कबाहेक अन्य बैङ्कले अहिलेसम्म ऋण ल्याउन सकेका छैनन् ।
राष्ट्र बैङ्कका अनुसार विदेशबाट ऋण ल्याउँदा बैङ्कले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन सक्ने व्यवस्था छ । यसरी नेपाल भित्रिने कर्जाको अवधि एकदेखि पाँच वर्षसम्मको हुने व्यवस्था गरिएको छ ।
बैङ्कमा निक्षेप अपेक्षित रुपमा बढ्न नसक्दा र कर्जाको माग अत्यधिक हुन थालेपछि एनएमबीले विदेशबाट ऋण ल्याउने विधि अपनाएको हो । यसले बजारमा देखिएको तरलता अभावसमेत कम गर्न टेवा पु¥याएको बैङ्कले जनाएको छ ।
केसीका अनुसार बैङ्कले देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले काम गरिरहेको छ । यसबाहेक बैङ्कले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट समेत यस्तै प्रकारका ऋण ल्याउन पहलसमेत गरिरहेको उनले जानकारी दिए ।