मेगा बैङ्क मर्जरमा जाने तयारीमा, विभिन्न बैङ्कसंग छलफल गर्दै

क्यापिटल नेपालसंग कुरा गर्दै उनले भनिन ‘विग मर्जरको कुरा आइरहेकाले हामीले पनि यस विषयमा सोच्न बाध्य भएका छौं । यद्यपी अहिले नै निश्कर्षमा पुगेका छैनौ’।

काठमाडौं । मेगा बैङ्क पनि एक आपसमा गाभिने (मर्जर) मा जाने भएको छ । मर्जरमा जानका लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थासंग छलफल भइरहेको मेगाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुँजेलीले बताइन ।

क्यापिटल नेपालसंग कुरा गर्दै उनले भनिन ‘विग मर्जरको कुरा आइरहेकाले हामीले पनि यस विषयमा सोच्न बाध्य भएका छौं । यद्यपी अहिले नै निश्कर्षमा पुगेका छैनौ’।

मेगा पनि बजारभन्दा बाहिर जान नसक्ने बताउदै उनीले अर्थमन्त्री र राष्ट्र बैङ्कबाट विग मर्जर अत्यावश्यक भन्ने अवधारणा आएपछि सबै वाणिज्य बैङ्क मर्जरमा जानका लागि बाध्य भएका बताइन । हामी पनि यही बजारमा भएकाले मेगाको सोच पनि मर्जर नै रहेको उनीले स्पष्टपारिन ।

‘मर्जरमा जाने बारेमा सोच बनाइसकेको र यदि जाने होभने अब ढिलाइ गरिनु हुन्न, छानेर, मिलेर, छलफलबाट सहमति गरेर जानु राम्रो हो’ खुँजेलीले भनिन ।

राष्ट्र बैङ्कले पनि दवाव बढाएपछि बैङ्कहरु पनि मर्जरमा जान आन्तरिक छलफल सुरु गरेका छन् । पछिल्लो समयमा ग्लोबल आईएमई, कुमारी र एनबी बैङ्कले मर्जरमा जान छलफल चलाएका छन् ।