कार्यलयले आयोजना सम्पन्न गर्ने संशोधित तालिका समेत लिएर आउन भनेको छ । यदी सो समयभित्र नआएमा उसले राखेको कार्यसम्पादन जमानत (परफरमेन्स वण्ड) जफत गरी नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने भएको छ ।
काठमाडौं । पप्पु कन्सट्रक्सन कम्पनीले हुलाकी राजमार्गको काम बीचैमा अलपत्र छाडेपछि योजना कार्यलय इटहरीले एक साताभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
ठेक्का लिएको लामो सयम बितिसक्दा पनि काम नगरेको भन्दै कार्यलयले पप्पु महादेव जेभीलाई हाजिर हुन आउन भनेको हो । पप्पु र महादेव कम्पनीले ठेक्का पाएका थिए ।
कार्यलयले आयोजना सम्पन्न गर्ने संशोधित तालिका समेत लिएर आउन भनेको छ । यदी सो समयभित्र नआएमा उसले राखेको कार्यसम्पादन जमानत (परफरमेन्स वण्ड) जफत गरी नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने भएको छ ।
आयोजनाको काम सम्पन्न गर्न बाँकी रकम पनि पप्पुबाट असुल गर्ने कार्यलयले जनाएको छ । यसअघि हुलाकी राजमार्ग अन्तर्गतको सर्लाहीको नवलपुरदेखि मलंगवासम्मको सडक स्तरोन्नोतिको काम नगरेपछि कार्यलयले ठेक्का रद्ध गरी नयाँ प्रक्रियामा गइसकेको छ ।