गत शुक्रबार बैङ्कले ७ औ र ८ औ वार्षिक साधारणसभा सम्पन्न गरेपछि बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा तामाङलाई चयन गरेको सिभिलले जनाएको छ ।
काठमाडौं । सिभिल बैङ्कको अध्यक्षमा इच्छाराज तामाङ पुनः अध्यक्ष भएका छन् । सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको हो । यसअघि उनी नै अध्यक्ष थिए ।
गत शुक्रबार बैङ्कले ७ औ र ८ औ वार्षिक साधारणसभा सम्पन्न गरेपछि बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा तामाङलाई चयन गरेको सिभिलले जनाएको छ ।
साधारणसभाले संस्थापकतर्फबाट अध्यक्ष तामाङका अतिरित्त, अम्बिर बोगटी, प्रतापजंग पाण्डे र सर्वसाधारणबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादुर मल्ल निर्वाचित भएका हुन् ।