बैङ्क तथा वित्तीय संस्थाले ३ महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाउने

बैङ्क तथा वित्तीय संस्थाले निक्षेप बढाउन छोटो समयका लागि लिन थालेपछि यसलाई निरुत्साही बनाउन यस्तै व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले ३ महिनाभन्दा कम अवधिको मुद्लती निक्षेप लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गरी ३ महिनाभन्दा कम अवधिको निक्षेप लिन नपाउने व्यवस्था गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थाले निक्षेप बढाउन छोटो समयका लागि लिन थालेपछि यसलाई निरुत्साही बनाउन यस्तै व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

यस्तै मुद्दती निक्षेपको समय अवधि समाप्त नहुँदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको बेला जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप लिन नपाउने व्यवस्था गरिएको कामु कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।