इन्भेष्टमेण्ट बैङ्कको ८० औं शाखा सुनसरीमा

शाखाको देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायत बैङ्कका कर्मचारी तथा स्थानीयको सहभागिता थियो ।

नेपाल इन्भेष्टमेण्ट बैङ्कले सुनसरीको देवानगन्ज गाँउपालिकामा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाँउपालिका वडा नं. २ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ । बैङ्क परिसरभित्रै केही समयमा नै एटीएम सेवा पनि सञ्चालनमा ल्याउँदैछ ।

शाखाको देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायत बैङ्कका कर्मचारी तथा स्थानीयको सहभागिता थियो ।

बैङ्कले वित्तीय साक्षरता अभिवृद्धिका लागि ग्रामीण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश १ मा शाखा थप गरेको बताएको छ ।

हाल बैङ्कका काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ ओटा शाखा सञ्चालनमा छन् । सात ओटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ ओटा एटीएम तथा १३ ओटा एक्सटेन्सन काउन्टर, १० ओटा राजस्व सङ्कलन केन्द्र, ५१ ओटा शाखारहित बैङ्किङ सेवामार्फत बैङ्कले सेवा दिइरहेको छ ।