राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला

निरौलाले सुपरिवेक्षण विभाग, बैंक नियमन विभाग र मुद्रा विभागमा कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन । उनी राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत छन् ।

प्रवक्ता नारायण पौडेल गत सातादेखि बिदा बसेपछि राष्ट्र बैंकले नयाँ प्रवक्ता छनौट गरेको हो । निरौलाले सुपरिवेक्षण विभाग, बैंक नियमन विभाग र मुद्रा विभागमा कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ ।