एनआईसी एसिया बैङ्कको नाफा १४५ प्रतिशत बढ्यो, ९ महिनामा २२७ करोड

बैङ्ले सार्वजनिक गरेको वित्तीय विवरणमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा बढाएको उल्लेख गरेको छ । यस्तै निक्षेप परिचालन बढाएर १ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । कर्जा प्रवाह बढाएर १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।

काठमाडौं । एनआईसी एसिया बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा खुदनाफा १४५ प्रतिशतले बढाएको छ । बैङ्कले गत चैतसम्म २ अर्ब २७ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ९३ करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।

बैङ्ले सार्वजनिक गरेको वित्तीय विवरणमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा बढाएको उल्लेख गरेको छ । यस्तै निक्षेप परिचालन बढाएर १ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । कर्जा प्रवाह बढाएर १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।

यसरी निक्षेप तथा कर्जामा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शिर्ष स्थानमा रहेको नायब प्रमुख सुचना अधिकृत
अर्जुनराज खनियाले बताए ।

वार्षिक विन्दुगत आधारमा प्रतिसेयर आम्दानी १२४ प्रतिशतले वृद्धि भई ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पु¥याउन सफल भएको उनले जानकारी दिए ।