लक्ष्मी बैङ्कको १०३औँ शाखा विराटनगरको तीनपैनीमा

यस नयाँ शाखासँगै लक्ष्मी बैङ्कका ४६ जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित बैङ्किङ सेवा पुगेका छन् ।

काठमाडौं । लक्ष्मी बैङ्कले विराटनगरको तीनपैनीमा १०३औँ शाखा सञ्चालनमा ल्याएकोे छ । प्रदेश १ मा बैङ्कको यो १९ औँ शाखा हो ।

यस नयाँ शाखासँगै लक्ष्मी बैङ्कका ४६ जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित बैङ्किङ सेवा पुगेका छन् ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बिमालगायतका वित्तीय सेवाहरुको बढ्दो माग पूरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको छ ।