सबैभन्दा बढी नाफा गर्ने राष्ट्रिय वाणिज्य र नबिल, कम सिभिल बैङ्क : कुनको कति (सूचीसहित)

चालू आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय वाणिज्य बैङ्कले ३ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै नबिलले ३ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैङ्क छ । इन्भेष्टमेन्टले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ नाफा गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

काठमाडौं । सञ्चालनमा रहेका २८ मध्ये सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क भएको छ । यस्तै निजी क्षेत्रतर्फ नबिल बैङ्कले सबैलाई पछि पारेको छ । सबैभन्दा कम नाफा गर्नेमा सिभिल बैङ्क भएको छ । नौ महिनामा सिभिलले ५० करोड ६३ लाख ६९ हजार रुपैयाँ मात्र नाफा गरेको छ ।दोस्रोमा नविल, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट, चौथोमा एनआईसी एसिया र पाँचौमा नेपाल बैङ्क रहेका छन् ।

चालू आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय वाणिज्य बैङ्कले ३ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै नबिलले ३ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैङ्क छ । इन्भेष्टमेन्टले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ नाफा गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

चौथो स्थानमा एनआईसी एसिया बैङ्क छ । एनआईसी एसियाले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ । पाँचौ स्थानमा सरकारको समेत स्वामित्व रहेको नेपाल बैङक छ । नेपाल बैङ्कले २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

एभरेष्टले २ अर्ब १ करोड ९१ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै कृषि विकासले २ अर्ब २१ करोड २१ लाख र हिमालयन बैङ्कले २ अर्ब १ करोड ४० लाख रुपैयाँ खुदनाफा गरेका छन् ।

दुई अर्ब रुपैयाँभन्दा कम नाफा गर्नेमा ग्लोबल आईएमई बैङ्कले १ अर्ब ८७ करोड २१ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ७३ करोड ४४ लाख, एनएमबीले १ अर्ब ६५ करोड ११ लाख, सिद्धार्थले १ अर्ब ६३ करोड ३२ लाख, सानिमाले १ अर्ब ५७ करोड ५४ लाख, प्राइम कमर्शियलले १ अर्ब ५४ करोड, प्रभुले १ अर्ब ४५ करोड २१ लाख तथा सनराइज बैङ्कले १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेका छन् ।

यस्तै माछापुच्छे बैङ्कले १ अर्ब २४ करोड ३३ लाख, मेगाले १ अर्ब २१ करोड १४ लाख, बैङ्क अफ काठमाण्डूले १ अर्ब २० करोड ४६ लाख, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी)ले १ अर्ब १६ करोड ४० लाख, नेपाल बङ्गलादेशले १ अर्ब १४ करोड १४ लाख, सिटिजन्सले १ अर्ब ७ करोड ५३ लाख, लक्ष्मीले १ अर्ब २ करोड ९६ लाख, जनताले १ अर्ब २ करोड २७ लाख, कुमारीले १ अर्ब १ करोड ३२ लाख तथा सेञ्चुरी कमर्शियल बैङ्कले ६१ करोड ३० लाख रुपैयाँ नाफा गरेका छन् ।