निक्षेप परिचालनमा एनआईसी एसिया देशकै ठूलो बैङ्क

यो सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको भन्दा बढी हो । राष्ट्रिय वाणिज्यको १ खर्ब ७७ अर्ब रुपैयाँ हारहारीमा छ ।

काठमाडौं । निक्षेप परिचालनका आधारमा एनआईसी एसिया देशकै ठूलो वाणिज्य बैङ्क भएको छ । एनआईसी एसियाले १ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ ।

यो सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको भन्दा बढी हो । राष्ट्रिय वाणिज्यको १ खर्ब ७७ अर्ब रुपैयाँ हारहारीमा छ । निक्षेप परिचालनका आधारमा देशको ठूलो बैङ्क भएको एनआईसी एसियाका नायब प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाँले बताए । यो आर्थिक वर्षमा मात्रै २६ अर्ब ८७ करोड रुपैयाँ निक्षेप थप भएको उनले सुनाए ।

यस आर्थिक वर्षमा कर्जा लगानी २४ प्रतिशत अर्थात २९ अर्ब बढेर १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यस्तै बैङ्कले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक बिन्दुगत आधारमा ३ अर्ब २२ करोड रुपैयाँ सञ्चालन र २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिको खुद नाफा ९३ करोड रुपैयाँ थियो ।

बैङ्कको वासलातको आकार २ खर्ब २८ अर्ब १९ करोड रुपैयाँ पुगेको खनियाँले बताए । बैङ्कका देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैङ्किङ ईकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।