मर्जरमा जान तिनाउ विकास र मिसन डेभलपमेन्टको जेठ १७ मा  विशेष साधारणसभा

मर्जरमा जानु अघि तिनाउको चुत्तापुँजी ४६ करोड ८ लाख ५० हजार र मिसनको ४३ करोड २७ लाख रुपैयाँ छ । दुबै बैङ्कको केन्द्रीय कार्यलय रुपन्देहीको बुटवलमा छ ।

काठमाडौं । तिनाउ विकास बैङ्क र मिसन डेभलपमेन्ट बैङ्क एक आपसमा गाभिने (मर्जर) भएका छन् । मर्जरमा जान दुबै बैङ्कले जेठ १७ गते विशेष साधारणसभा बोलाएका छन् । साधारणसभाबाट पारित भएपछि औपचारिक रुपमा एकिकृत कारोबार हुने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले दबाव बढाएपछि बैङ्क तथा वित्तीय संस्था मर्जरमा जान लागेका हुन् । मर्जरमा जाने प्रस्ताव पारितका साथै चल, अचल सम्पत्ति र दायित्व मूल्याँकन (डीडीए) प्रतिवेदन पारित हुने छ । गाभिएपछि बन्ने विकास बैङ्कको चुत्तापुँजी १ अर्ब १४ करोड ४१ लाख रुपैयाँ हुने छ ।

सभाले एकिकृत बैङ्कको ५ वर्षिय व्यवसायिक योजना पारित गर्ने छ । संस्थाको नाम, पुँजी, सेयर संरचनालगायतका प्रस्ताव पारित गरी नियामक नेपाल राष्ट्र बैङ्क र कम्पनी रजिष्टारको कार्यलयबाट स्वीकृति लिने भएको छ ।

मर्जरमा जानु अघि तिनाउको चुत्तापुँजी ४६ करोड ८ लाख ५० हजार र मिसनको ४३ करोड २७ लाख रुपैयाँ छ । दुबै बैङ्कको केन्द्रीय कार्यलय रुपन्देहीको बुटवलमा छ ।