मर्जरमा जान ३ ओटै संस्थाले सोमबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । सेयर कारोबार रोक लगाउन अनुरोध समेत गरेका छन् । पुँजीगत आधार बलियो बनाउन लघुवित्त मर्जरमा जान लागेका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दवाव दिएपछि ३ ओटा लघुवित्त संस्था एक आपसमा गाभिने (मर्जरमा जाने) भएका छन् । काभ्रेको बनेपामा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, झापामा रहेको नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड र कैलालीमा रहेको किसान लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेका हुन ।
मर्जरमा जान ३ ओटै संस्थाले सोमबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । सेयर कारोबार रोक लगाउन अनुरोध समेत गरेका छन् । पुँजीगत आधार बलियो बनाउन लघुवित्त मर्जरमा जान लागेका हुन् ।
मिर्मिरेको पुँजी १० करोड ३८ लाख ५८ हजार ५००, नागवेलीको १५ करोड ३२ लाख ९२ हजार ६०० र किसानमो ७ करोड २० लाख ७५ हजार रुपैयाँ छ ।
केन्द्रीय बैङ्कले पुँजी बढाउन हकप्रद सेयर निष्कासन र बोनस सेयर दिन रोक लगाएपछि लघुवित्त संस्था मर्जरमा जान थालेका हुन् । यसअघि २ ओटा लघुवित्त संस्था मर्जरमा जाने एमओयू गरिसकेका छन् ।
हालसम्म ९९ ओटा लघुवित्त संस्था रहका छन् । थप १५ ओटा पाइपलाइनमा रहेका छन् । राष्ट्र बैङ्कले लघुवित्तको पुँजी न्युनतम ६० देखि १ अर्ब रुपैयाँसम्म पुर्याउने तयारी थालेको छ ।