बैङ्कको सञ्चालक समितिले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको हो । बैङ्कका सीईओ शसिन जोशीले सीईओबाट बिदा लिएसँगै शाहलाई डेपुटीको जिम्मेवारी दिइएको हो । बिदामा रहेका जोशी भने भोलिबाट औपचारिक रुपमा बिदा हुने बताइएको छ ।
अनिलकेशरी शाह नबिल बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) नियुक्त भएका छन् । बैङ्कको सञ्चालक समितिले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको हो । बैङ्कका सीईओ शसिन जोशीले सीईओबाट बिदा लिएसँगै शाहलाई डेपुटीको जिम्मेवारी दिइएको हो । बिदामा रहेका जोशी भने भोलिबाट औपचारिक रुपमा बिदा हुने बताइएको छ ।
८ वर्ष मेगा बैङ्कमा सीईओ रहेका शाह यसअघि नबिल बैङ्कमै सीईओ नियुक्त भएका थिए । तर, केन्द्रीय बैङ्कले सीईओका हकमा ‘कुलिङ पिरियड’ लगाएपछि उनलाई सीईओबाट बर्खास्त गरिएको थियो । त्यसअघि उनी सेन्चुरी कमर्सियल बैङ्कमा सीईओ नियुक्त भएका थिए । तर, त्यहाँ तलबमानमा कुरा नमिलेपछि बाहिरिएका थिए ।
मेगामा जानुअघि उनी नबिलमै प्रमुख कार्यकारी अधिकृत थिए । नबिलमा भएकै बेला नेपाल बैङ्कको सीईओमा आवेदन गरेका शाहले त्यहाँ नाम ननिस्किएर प्रक्रिया नै रद्द भएपछि मेगामा गएका थिए । कुलिङ पिरियडका कारण शाह जेठपछि मात्र सीईओ बन्न पाउनेछन् ।