पर्यटन मन्त्रालयको ढिलाइपछि गौतमबुद्ध विमानस्थल निर्माणको लागि क्यानले दियो १० करोड

अर्थले निकाशा गरेको रकम पर्यटन मन्त्रालयले तत्कालै निर्माण कम्पनीलाई पठाउने आश्वास दिएपछि आंशिकरुपमा काम सुरु गरेको नर्थवेस्टलाई पूर्णरुपमा काम गर्ने सहमतिमा क्यानले १० करोड रुपैयाँ रकम दिएको हो ।

काठमाडौं । अर्थमन्त्रालयले निकासा गरेको ७० करोड रुपैयाँ विनियोजनमा पर्यटन मन्त्रालयले ढिलाइ गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि १० करोड रुपैयाँ दिएको छ ।

अर्थले निकाशा गरेको रकम पर्यटन मन्त्रालयले तत्कालै निर्माण कम्पनीलाई पठाउने आश्वास दिएपछि आंशिकरुपमा काम सुरु गरेको नर्थवेस्टलाई पूर्णरुपमा काम गर्ने सहमतिमा क्यानले १० करोड रुपैयाँ रकम दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदीप अधिकारीले  पर्यटन मन्त्रालयले रकम भुक्तानीमा आनाकानी गरीरहेकोले आफ्नै श्रोतबाट निर्माण कम्पनीलाई रकम दिएको जानकारी दिए । विमानस्थल निर्माणको लागि पर्यटन मन्त्रालय गम्भीर नभएको भन्दै लामो समय काम रोकिँदा समस्या उत्पन्न हुने भएकोले क्यानले नै तत्कालको लागि रकम दिएको उनको भनाइ छ ।

द्रुत गतिमा अघि बढिरहेको आयोजनालाई पर्यटन मन्त्रालयले करिब ३ सातादेखि रकम भुक्तानीमा आनाकानी गरिरहेको थियो । चौतर्फी दवावपछि आइतबार अर्थले ७० करोड रुपैयाँ स्रोतान्तर गरेको थियो । तर सो रकम बुधबारसम्म निर्माण कम्पनीको खातामा पुगेको छैन् ।

मन्त्रालयले यस अघि पनि विमानस्थलको रकम निकासामा पटकपटक अवरोध गर्ने गरेको क्यानका अधिकारीहरुको भनाई छ । सबै कागजपत्र मिलाएर ल्याउँदा पनि अनेकन बाहनामा रकम निकासामा ढिलाइ गर्ने गरेको उनीहरुको आरोप छ ।

‘स्व.रवीन्द्र अधिकारी पर्यटन मन्त्री भएर आएपछि यस्ता समस्याहरु समधान भएको थियो, ती अधिकारीले भने, उनको निधनपछि फेरि उही समस्या उत्पन्न भएको, जस्को कारण निर्धारित समयमै आयोजनाहरु सम्पन्न नगराउन मन्त्रालय नै लागि परेको देखिन्छ ।’

यो पनि पढ्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा पर्यटन मन्त्रालयको लापरवाही, अर्थले ७० करोड दिएपछि काम सुचारु

गौतम बुद्ध विमानस्थल आयोजनाका लागि ७० करोड निकासा

गौतमबुद्ध विमानस्थल निर्माणमा सरकारी निकायकै अवरोध

पैसा नपाएपछि गौतमबुद्ध विमानस्थलको ठेकेदार नर्थवेस्टले रोक्यो काम