साइन रेसुङा डेभलपमेन्टले भागर्व विकास बैङ्कलाई प्राप्ति गर्ने, एमओयूमा हस्ताक्षर

प्राप्ति गर्ने विषयमा दुई बैङ्कबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी भावर्गको सेयर कारोबार रोक्न पत्राचार गरिएको छ ।

काठमाडौं । साइन रेसुङा डेभलपमेन्ट बैङ्कले भागर्व विकास बैङ्कलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्ने विषयमा दुई बैङ्कबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी भावर्गको सेयर कारोबार रोक्न पत्राचार गरिएको छ ।

साइन रेसुङा बुटवल र भागर्व नेपालगञ्जमा रहेको छ । यसअघि साइनले पूर्णिमा विकास बैंङ्कलाई पनि प्राप्तिका लागि एमओयू गरेको छ । पुर्णिमाको सेयर कारोबार रोक्का गरिएको छ । दुई बैङ्कलाई प्राप्ति गरेपछि साइन रेसुङ्गा डेभलपमेन्ट राष्ट्रियस्तरको बैङ्क हुनेछ ।

साइन रेसुङ्गाको १ अर्ब ६२ करोड २६ लाख र ५५ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी छ । भागर्वको पुँजी ५० करोड १६ लाख रुपैयाँ छ ।