विगत लामो समयदेखि जीर्ण सडक निर्माण र कालोपत्रे नहुँदा त्यहाँका स्थानीय र व्यापारीले पटक पटक सडक आन्दोलन गर्दै आएका थिए । केही महिना पहिले पूर्वाधारमन्त्री रघुवीर महासेठ स्वंयमले पनि सडक निर्माण र कालोपत्रे गर्न निर्देशन दिएका थिए ।
काठमाडौं । चाबहिल साँखु सडक कालोपत्रेको काम सुरु भएको छ । केही समय अघि स्थानीय र व्यवसायीले सडक निर्माण र कालोपत्रे नगरेको भन्दै आन्दोलन गरेपछि भने अहिले कालोपत्रेको काम सुरु भएको हो ।
विगत लामो समयदेखि जीर्ण सडक निर्माण र कालोपत्रे नहुँदा त्यहाँका स्थानीय र व्यापारीले पटक पटक सडक आन्दोलन गर्दै आएका थिए । केही महिना पहिले पूर्वाधारमन्त्री रघुवीर महासेठ स्वंयमले पनि सडक निर्माण र कालोपत्रे गर्न निर्देशन दिएका थिए ।
टुसालदेखि बौद्ध गेट खण्ड र नारायणटारदेखि वाग्मती पुल खण्डमा यतिखेर कालोपत्र गर्ने काम अघि बढेको हो । कालोपत्र सुरु भएसँगै स्थानीय आफैले कामको अवलोकन गरिरहेका छन्। उनीहरुले कालोपत्र हुनुपर्ने स्थान नाप्दै सहयोग गरिरहेका छन्।