प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा सञ्चालक गीता थापा मगरलाई लकरको साँचो प्रदान गर्दै बैङ्कको आफ्नै प्रशस्त पार्किङ र सुरक्षित स्थान भएकाले ग्राहकले सस्तो र सुलभ दरमा यो सेवा उपभोग गर्न सकिने बताएका छन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले दरबारमार्गस्थित शाखा कार्यालयमा बुधबारबाट सेफ डिपोजिट लकर सेवाको शुभारम्भ गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा सञ्चालक गीता थापा मगरलाई लकरको साँचो प्रदान गर्दै बैङ्कको आफ्नै प्रशस्त पार्किङ र सुरक्षित स्थान भएकाले ग्राहकले सस्तो र सुलभ दरमा यो सेवा उपभोग गर्न सकिने बताएका छन् ।
बैङ्कले हाल करिब तीन हजार लकर सेवा सञ्चालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा एक हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिने बैङ्कले बताएको छ ।
बैङ्कले काठमाडौं उपत्यकामा मुख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा तथा नक्साल शाखाबाट लकर सेवा सञ्चालन गरिरहेको छ ।
बैङ्कका हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ ओटा शाखा, १७२ ओटा एटीएम र ९३ ओटा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा छन् ।