एनबी बैङ्कको २ अर्ब ऋणपत्र जेठ १० देखि, १०.२५ प्रतिशत ब्याज दिने

ऋणपत्र निष्कासन बन्द छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैङ्किङ्ग लिमिटेडले जनाएको छ । कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत लगानीकर्तालाई छुटट्याइएको छ ।

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैङ्कले २ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैङ्कले आउँदो जेठ १० गतेदेखि १ हजार रुपैयाँ अंकित मूल्य भएको २० लाख कित्ता एनबीबीएल डिवेञ्चर २०८५ निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्कासन बन्द छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैङ्किङ्ग लिमिटेडले जनाएको छ । कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत लगानीकर्तालाई छुटट्याइएको छ ।
१० वर्षका लागि निष्कासन गर्न लागिएको ऋणपत्रको ब्याज १०.२५ प्रतिशत छ । ऋणपत्र २०८५ मा परिपक्व हुने छ । न्युनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइने नविल इन्भेष्टमेन्टले जनाएको छ

लगानीयोग्य पुँजी जुटाउन बैङ्कले ऋणपत्र निष्कासन गरेको छ । निष्कासन गरिएको मध्ये ७० प्रतिशत अर्थात १ अर्ब ४० करोड कर्जा सापटी, १० प्रतिशत अर्थात २० करोड लगानी, २० करोड शाखा विस्तार र अन्य काममा २० करोड रुपैयाँ लगानी गर्ने बैङ्कले जनाएको छ ।