बैङ्कले ५ वर्षभन्दा बढीको फिक्सड ब्याजदरको आयोजना कर्जामा ११ देखि १२.५, फलोटिङ ब्याजदरमा १०.७५ देखि १२.२५ प्रतिशतसम्म परियोजनामा कर्जा लगानी गर्ने भएको छ । यस्तै इन्फास्ट्रक्चरले ब्रिज ग्याप लोन ११.५० देखि १३ प्रतिशतसम्म रहेको जानकारी दिएको छ ।
काठमाडौं । हालै मात्र सञ्चालनमा आएको नेपाल इन्फास्ट्रक्चर बैङ्कले वाणिज्य बैङ्कको हारहारीमा कर्जाको ब्याजदर तय गरेको छ । इन्फास्ट्रक्चरले न्यूनतम ११.५० देखि १३ प्रतिशतसम्म कर्जाको ब्याजदर तय गरेको हाे ।वाणिज्य बैङ्कको ब्याजदर औसत १२.३३ प्रतिशत छ ।
बैङ्कले ५ वर्षभन्दा बढीको फिक्सड ब्याजदरको आयोजना कर्जामा ११ देखि १२.५, फलोटिङ ब्याजदरमा १०.७५ देखि १२.२५ प्रतिशतसम्म परियोजनामा कर्जा लगानी गर्ने भएको छ । यस्तै इन्फास्ट्रक्चरले ब्रिज ग्याप लोन ११.५० देखि १३ प्रतिशतसम्म रहेको जानकारी दिएको छ ।
इन्फास्ट्रक्चरले ५ वर्षभन्दा माथिको व्यक्तिगत निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने छ । संस्थागतलाई ५ वर्षभन्दा माथि ५ प्रतिशत, ६ देखि १० वर्षका लागि ८.५० र ११ देखि १५ वर्षका लागि ८ प्रतिशत मुद्धति निक्षेपको ब्याजदर तय गरेको छ ।