स्वाप रेसियो तथा कर्मचारी समायोजनामा समस्या आएपछि प्राइमसंगको ओम मर्ज हुन सकेन । मर्जर सम्बन्धित समझदारीपत्रमा एनएमबीका प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । एनएमबी बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई गाभ्ने (मर्ज) गर्ने भएको छ । प्राइम कमर्शियल बैङ्कसंग सेयर आदनप्रदान (स्वाप रेसियो) नमिलेपछि ओम डेभलपमेन्ट एनएमबीसं मर्ज हुने सहमति गरको हो । एनएमबीले प्रति सेयर ७५ रुपैयाँमा ओमलाई मर्जर गर्ने सहमति भएको छ ।
स्वाप रेसियो तथा कर्मचारी समायोजनामा समस्या आएपछि प्राइमसंगको ओम मर्ज हुन सकेन । मर्जर सम्बन्धित समझदारीपत्रमा एनएमबीका प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एनएमबीको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । यस्तै ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ । मर्जरपछि एनएमबीको पुँजी ११ अर्ब रुपैयाँ कट्ने छ । नेपाल राष्ट्र बैङ्कले दवाव दिन थालेपछि बैङ्क तथा वित्तीय संस्था धमाधम मर्जरमा जान सहमति गरेका छन् ।