एनसीसीले ६० करोड रुपैयाँबराबरको अचल सम्पत्ति जफत गरी लिन सफल भएको छ । बाँकी ४० करोड रुपैयाँ नउठ्ने देखिएको एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । उनले सकेसम्म उठाउने प्रयास भइरहेको जानकारी दिए । अधिकांश कर्जाको धितो नभएको र भएकाको पनि कमसल भएकाले असुली हुने सम्भावना ज्यादै कम रहेको न्यौपानेको भनाइ छ ।
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले गाभेको (मर्ज) तत्कालीन एपेक्स डेभलपमेन्ट बैङ्कले गरेको ऋण लगानीमध्ये ४० करोड रुपैयाँ नउठ्ने देखिएको छ । एनसीसीसँग मर्ज हुनुअघि एपेक्सले लगानी गरेको २ अर्ब २० करोड रुपैयाँ कर्जामध्ये गाभिएपछि एनसीसीले १ अर्ब २० करोड रुपैयाँ असुल गरेको छ ।
एनसीसीले ६० करोड रुपैयाँबराबरको अचल सम्पत्ति जफत गरी लिन सफल भएको छ । बाँकी ४० करोड रुपैयाँ नउठ्ने देखिएको एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । उनले सकेसम्म उठाउने प्रयास भइरहेको जानकारी दिए । अधिकांश कर्जाको धितो नभएको र भएकाको पनि कमसल भएकाले असुली हुने सम्भावना ज्यादै कम रहेको न्यौपानेको भनाइ छ । बैङ्कको ४० करोड रुपैयाँ कर्जा डुबेको अवस्थामा पुगेको छ ।
एपेक्सले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेकोमध्ये सो रकम उठ्ने भएको हो । ठूलो रकम असुल भएकाले अब एनसीसीलाई समस्या नहुने न्यौपानेको भनाइ छ । एनसीसीको खराब कर्जा ३.२६ प्रतिशत छ । खराब कर्जाका कारण धेरै रकम प्रोभिजन गर्नुपर्दा एनसीसीको नाफामा असर परेको छ । नगद र धितो लिलाम गरी १ अर्ब ८० करोड रुपैयाँ असुली भइसकेको छ । धितो पनि लिलाम गरेर असुल गरिने उनले बताए ।
खोला र बगरको जग्गा धितो र नक्कली ऋणी खडा गरी एपेक्सका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालले दुरुपयोग गरेको कर्जा नउठेको हो । नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) ले धिताललगायत कर्जा दुरुपयोगमा संलग्न सबैलाई पक्राउ गरी बैङ्किङ कसुरमा कारबाही गरिरहेको छ ।
एनसीसीले एपेक्सको झन्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैङ्कले कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन) गर्न निर्देशन दिएको थियो । एनसीसीले एपेक्ससहित इन्टरनेसनल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चरलगायत ४ ओटा विकास बैङ्कलाई गाभेको थियो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एनसीसीले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । एनसीसीले ८४ करोड रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने देखिएको छ ।