पटक पटक ताकेता गर्दा पनि एनबी ग्रपका लक्ष्मीबहादुर श्रेष्ठले लिएको ऋण नतिरेपछि बैङ्कले लिलामी गरेर असुल गर्न लागेको हो । लक्ष्मीबहादुरले ऋण लिएको लामो समय बितिसकेको छ ।
काठमाडौं । एनबी ग्रुपले लिएको १४ करोड रुपैयाँ कर्जा नतिरेपछि सिटिजन्स बैङ्कले धितो लिलामीको प्रक्रिया अघि बढाएको छ । पटक पटक ताकेता गर्दा पनि एनबी ग्रपका लक्ष्मीबहादुर श्रेष्ठले लिएको ऋण नतिरेपछि बैङ्कले लिलामी गरेर असुल गर्न लागेको हो । लक्ष्मीबहादुरले ऋण लिएको लामो समय बितिसकेको छ ।
लक्ष्मीबहादुरले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कमा रहेको ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता २१० रुपैयाँमा बिक्री गरेर सबै ऋण तिर्ने तयारी गरेका थिए । तर संस्थापक सेयर बिक्री नभएपछि तिर्न सकेका छैनन ।लामो समय भएकाले धितो लिलामी गरेर कर्जा असुल गर्ने तयारीमा रहेको बैङ्कले जनाएको छ ।
लक्ष्मीबहादुरले बिक्रीको सुचना प्रकाशित गरेको भोलिपल्ट नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एनसीसीमा रहेको संस्थापक सेयर प्रतिकित्ता १७५ रुपैयाँमा बिक्री गर्न सुचना प्रकाशित गरेपछि बिक्री भएन ।