३० दिनमा ईआईको राय दिने गरी नागढुङ्गा–मुग्लिङ पुल तथा सडक सुधार प्रक्रिया अघि बढ्यो

आयोजनाले नागढुङ्गा–नौबीसे–गल्छी–बेनीघाट खण्डमा पुल तथा सडकको सुधार गर्नेछ भने सिस्नेखोलादेखि धार्के र बेनीघाटदेखि कुरिनटारसम्म दुई लेनको नयाँ सडक र खोलाहरुमा पुल निर्माण गर्नेछ ।

काठमाडौं । काठमाडौं–नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक तथा पुलको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न रायसुझावसहितको प्रतिवेदन बुझाउन माग गरिएको छ । ३० दिनभित्र आयोजना प्रभावित क्षेत्रका भौतिक संरचना निर्माण गर्दा हुने क्षति र जग्गा प्राप्तिका लागि वन तथा वातावरण मन्त्रालयले ईआईसहितको राय तथा सुझाव माग गरेको हो ।

आयोजनाले नागढुङ्गा–नौबीसे–गल्छी–बेनीघाट खण्डमा पुल तथा सडकको सुधार गर्नेछ भने सिस्नेखोलादेखि धार्के र बेनीघाटदेखि कुरिनटारसम्म दुई लेनको नयाँ सडक र खोलाहरुमा पुल निर्माण गर्नेछ ।

त्यस्तै सिस्नेखोला–धार्के र बेनीघाट–फिसिलिङ खण्डको नयाँ सडक संरचना बनाउँदा सिस्नेखोला–धार्के खण्डमा व्यक्तिगत निजी जग्गा पर्ने भएको छ । त्यस खण्डमा २१.५५ निजी जग्गा र ५८.७८ हेक्टर सरकारी जग्गा आवश्यक पर्नेछ । पुरानो सडक रहेको स्थानमा २३५.७६ हेक्टर जग्गा प्राप्ति गरिसकिएको मन्त्रालयअन्तर्गतको वातावरण प्रभाव अध्ययन शाखाले जनाएको छ ।